काठमाडौं, २० बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।
४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।
शनिबार बिहानसम्म २० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।
त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ९९ हजार ६३ जना संक्रमित छन् । एकै दिन २५ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् । १ लाख ३७ हजार ४०९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख १९ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ४२ हजार २४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १८ हजार ०२७ को अवस्था गम्भीर छ ।
एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार ८४१ पुगेको छ । अहिलेसम्म १८ हजार ९६१ ले ज्यान गुमाएका छन् । २ लाख ७५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३९ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ६२८ जनाको अवस्था गम्भीर छ ।
उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख २४ हजार ९४० जना संक्रमित भएका छन् । ७१ हजार ७७५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ५३ हजार ३८९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७२७ जनाको अवस्था गम्भीर छ । १ लाख ९९ हजार ७७६ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९० हजार ९९ जनामा संक्रमण देखिएको छ । ९ हजार ४८० जनाले ज्यान गुमाएका छन् । ६३ हजार ९०५ जना निको भएका छन् भने १ लाख १६ हजार ७१४ जना उपचाररत छन् । ९ हजार ८१२ को अवस्था गम्भीर छ ।
अफ्रिकी राष्टमा ४१ हजार ४४६ संक्रमित भएका छन् । १ हजार ६९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३४८ जना संक्रमित भएका छन् । ११२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।
COMMENTS