4 May, 2020 7:14 am


भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

काठमाडौं, २२ वैशाख । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४२ हजार ५ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ९१ जनाको ज्यान गएको छ भने ११ हजार ७७५ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ६८ जनाको ज्यान गएको र दुई हजार ८ सय ६ जना नयाँ बिरामी थपिएको मन्त्रालयले जनाएको हो । भारतमा पछिल्लो समय सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board