वीरगञ्ज,२४ वैशाख, । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् । उनीहरुलाई नारायणी अस्पताल ल्याईदै छ ।
COMMENTS