काठमाडौं, १ जेठ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ४४ लाख २८ हजार ८ पुगेको छ।
यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ७७ पुगेको छ ।
बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १६ लाख ५७ हजार १८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।
बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५७ हजार ३७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ९६ हजार ३२१ पुगेको ।
उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार ३५२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ६८ हजार ३५० पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २३ हजार २६८ जनाको मृत्यु भएको छ । ७ लाख २० हजार ८०२ जना संक्रमित छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार १६ जनाको मृत्यु भएको छ । ३ लाख ५५ हजार २७४ जना संक्रमित छन् ।
अफ्रिकी मुलुकहरुमा २ हजार ४९१ जनाको ज्यान गएको छ भने ७३ हजार ६७५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५८१ पुगेको छ ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् ।
COMMENTS