20 May, 2020 3:01 am


पैसा तिरेर सबैले कोरोना परीक्षण गर्न पाउने

काठमाडौं ८ जेठ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने जानकारी दिएको छ । मंगलबारको मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने आवश्यक ठानेका नागरिक जसले पनि गरी परीक्षण गर्न पाउने बताए ।

देवकोटाले भने आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्नेछन् । उनले नीतिगत निर्णय गरेको बताउँदै यसले परीक्षणको दायरा बढ्ने र रोग संक्रमणको मात्रा आंकलन गर्न समेत सहज हुने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board