1 June, 2020 6:52 am


चीनको सम्प्रभुतालाई कसैले चुनौति दिन मिल्दैन : चीन


प्रश्न . यस बर्ष चिनको राष्टिय जन कंग्रेसको अधिवेसनमा हङकङ विशेष स्वायत्त क्षेत्रमा राष्ट्रिय सुरक्षाको रक्षाका लागि कानुनी व्यवस्थाको स्थापना, सुधार र लागु गर्ने संंयन्त्रको स्थापना गर्ने निर्णय लिईएको थियो । राष्टिय जन कंग्रेसको स्थायी समितिले पनि यस सम्बन्धी प्रस्तावलाई विधायकीय प्रक्रियाका रुपमा अगाडि बढाउला । यसमा तपाईको प्रतिक्रिया के छ ?
उत्तर. एक देश दुई प्रणलीहरु चाइनाको मूल राज्य निति हो । केन्द्र सरकारले एक देश दुई प्रणलीलाइृ पुर्ण रुपले र ईमान्दारिताका साथ कार्यान्वयन गरेको छ । यो प्रणाली अन्तर्गत हङकङका जनताहरुले उच्च तहको स्वायत्तता सहितको प्रशासन चलाउँदछन् र संविधान र मूल कानुन अनुसार हङकङ र त्याहांँका कार्यकारी प्रमुखलाइृ सहयोग गर्दछन् । राष्ट्रिय जन कंग्रेसको सत्रमा राष्ट्रिय सुरक्षालाइृ संरक्षण गर्न अपनाईएकोे निर्णय एक देश दुई प्रणाली को स्थिर कार्यान्वयन र हङकङको दीर्घकालीन सम्मृद्धी र स्थिरताका लागि डिजाईन गरिएको हो ।
अन्य देशमा जस्तै केन्द्रीय सरकार चिनको राष्ट्रिय सुरक्षालाई मजवुद बनाउन जिम्मेवार हुन्छ । आफ्नो भूमिमा राष्ट्रिय सुरक्षामाथि खतरा सृजना गर्ने खालका गतिविधिलाई कुनै पनि देशले स्विकृति दिदैन । हङकङ चिनको हो र हङकङका मामिलाहरु चिनको आन्तरीक मामिला हुन् । हङकङ विशेष स्वायत्त क्षेत्रले कसरी कानुन बनाउछ र कहिले र कसरी कार्यान्वयन गर्दछ भन्ने कुरा पुर्णरुपमा चिनको संप्रभुताको दायरा चित्र रहन्छ ।
राष्ट्रिय जन कंग्रेसको निर्णयले देशलाई विभाजित गर्ने, राज्यशक्तिलाई उल्टयाउने, आतंकवादी गतिविधिहरुको आयोजना गर्ने र सञ्चालन गर्ने तथा हङकङ विशेष स्वायत्त क्षेत्रको मामलामा हस्तक्षेप गर्ने विदेशी र बाहय शक्तिहरुको सानो संख्या प्रति लक्षित गरेको छ । यस्ले कानुन पालना गर्ने हङकङका अत्यधिक बहुमतमा रहेका नागरिकहरुलाई सुरक्षा दिनेछ र हङकङका बासिन्दाहरु, विदेशी संस्था तथा व्यक्तिहरुको वैधानिक अधिकार र चासोहरुको ग्यारेन्टी गर्दछ ।
हङकङको उच्च स्वायत्तता र हङकङका बासिन्दाहरुको अधिकार र स्वतन्त्रतामा यस्ले कुनै असर पार्दैन र यस बाट हङकङको कानुनी प्रणालीमा सुधार हुने छ र थप स्थायित्व, कानुनको मजवुत शासन र राम्रो व्यापारिक वातावरण सृजना हुनेछ । यो हङकङको र्दीघकालिक स्थिरता र शान्तिको लागि अनुकुल हुनेछ , जुन हङकङको सबै भन्दा ठूलो प्रतिनिधिमूलक जनमत हो ।
जहाँसम्म मेरो कुरा छ , हङकङमा धेरै नेपाली नागरिकहरु बसोबास गरिरहेकाछन् र काम गरिरहेका छन् । मलाई विश्वास छ कि हङकङको दीर्घकालीन सम्मृद्धि र स्थायित्व नेपाली नागरिकहरुको सुरक्षा र हितका लागि मात्र नभइृ चिन र नेपाल बिच आदान प्रदान तथा सहयोगका लागि पनि अनुकुल छ ।

(हङकङमा राष्ट्रिय सुरक्षाको रक्षाका लागि कानुनी व्यवस्थाको स्थापना, सुधार र लागु गर्ने संंयन्त्रका सम्बन्धमा चाईनिज राजदुतावासका प्रवक्ताद्धारा गरिएको टिप्पण्ीा ।)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board