9 June, 2020 12:29 pm


क्वारेन्टिनमा मनोसामाजिक परामर्श कक्षा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा क्वारेन्टिनमा राखिएका अधिकांश व्यक्तिको तनाव कम गर्न मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्न थालिएको हो । बाहिरबाट आएका व्यक्तिहरु १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दा मानसिक समस्यामा छन् । क्वारेन्टिनमा राखिएका व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर कम गर्न मनोसामाजिक परामर्शकर्ता लगेर भेटघाट गराएर सम्झाइबुझाई गर्ने गरिएको बहुसांस्कृतिक मनोसामाजिक संस्था टिपियो नेपाल जुम्लाका मनोविमर्शकर्ता नन्दराज आचार्यले बताउनुभयो । चन्दननाथ नगरपालिका–१ देखि १० वडासम्म क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मनोसामाजिक परामर्श दिन शुरु भइसकेको छ । प्रतिष्ठानका मनोचिकित्सक प्रवीण गिरीको संयोजकत्वको टोलीले क्वारेन्टिनमा मनोसामाजिक परामर्श दिन शुरु गरेको हो । चन्दननाथ–१ देखि १० मा निर्माण गरिएको क्वारेन्टिनमा ८३ पुरुष र १५ महिला गरी ९८ व्यक्ति बसेका छन् । उनीहरु नेपालका विभिन्न शहर तथा भारतबाट आएका हुन् । उनीहरुलाई नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको हो । क्वारेन्टिनमा बस्नेको अवस्था बारेमा निरीक्षण गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा गिरीको भनाइ छ । सङ्कटमा बाध्यतावश क्वारेन्टिनमा बस्नुपर्दा उनीहरुमा मानसिक असर पर्न नदिन मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । क्वारेन्टिनमा बस्ने व्यक्तिको सहजताका लागि विद्युत्, खानेपानी, इन्टरनेटलगायतको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । लकडाउनका कारण होम क्वारेन्टिनमा बसेका र सङ्क्रमणको आशङ्कामा अस्पताल वा सामुदायिक क्वारेन्टिनमा रहेकालाई मानसिक असर पुगेको छ । मनोचिकित्सक गिरीका अनुसार कोभिड–१९ सङ्क्रमणको त्रासले मानिसमा जतिखेरै डर, चिन्ता लाग्ने, भोक र निद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनताजस्ता मनोसामाजिक समस्या भइरहेको छ । “यो समस्यालाई रोग भन्न सकिँदैन, समस्या बढ्दै गए यसले भविष्यमा अवसादलगायत गम्भीर खाले मानसिक रोगी बनाउँछ”, उहाँले भन्नुभयो । कोभिड–१९ नयाँ रोग भएकाले नेपालमा अहिले यसको मानसिक पाटोबारे कुनै अध्ययन भइसकेको छैन । मनोचिकित्सकले बिरामी हेरेको आधारमा मानसिक रोगका नयाँ बिरामी थपिने देखिन्छ । बहुसांस्कृतिक मनोसामाजिक संस्था टिपीओ नेपाल जुम्लाले जुम्लामा लकडाउनपछि कस्तो असर परेको छ भन्ने विषयमा सर्वेक्षण गर्न थालेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board