12 June, 2020 8:49 pm


ओली विरुद्ध देशभर प्रदर्शन : डिजाइनर गगन थापा र अमरेश, आवरणमा फेसबुके

भारतको बढ्दो संक्रमणले नि चुनौती थपेकै छ। सचेत बनौं-शंकर पोखरेल

काठमाडौं २९ जेठ । जेठ २८गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी भएको बताउंदै त्यसो हुनुमा लसुन, प्याज, बेसार, खुर्सानी अदुवालगायत औषधिजन्य सन्तुलित आहारबिहार भएको बताएका थिए । त्यसभन्दा पहिले सांसद गगन थापाले नेपालीमा प्रतिरोध क्षमता बढी छ भनेर कस्ले भन्यो भन्ने प्रश्न गरेका थिए । जबाफमा प्रधानमन्त्री ओलील भर्खर मैले भनेको सुन्नु भएन भन्दै नेपाली आरोग्य प्रणालीको सविस्तार चर्चा गरेका थिए । यसले गगन थापा र उनलाई नेताका रुपमा स्थापित गराउने बाह्य शक्ति केन्द्रले सडकबाट थापालाई स्थापित गर्ने योजना बनाएको थापा निकट प्रवर्धक स्रोतले दावी गरेको छ ।
कोरोना महामारी फैलिएपछि सरकारले स्वास्थ्य उपकरण खरिद गरेका प्राय जसो प्रकरण विवादका पर्दै आएको परिवेशमा बुधबारको संसद बैठकमा प्रधानमन्त्रीले ती सबैको प्रतिरक्षा गर्दै १० अर्व खर्च भएको भन्ने कुरालाई दिन दिनै लेखापरिक्षण नहुने बास्तविकता पनि बताएका थिए ।

यही निहुंमा टेकेर थापाको् पहलमा उनको प्रवर्धक समूहले इनफ इज इनफ समूह बनाएर जनताको सरकार विरोधी भावनाको समेत दोहन गर्नेगरी विहीबार देशका केही प्रमुख शहरहरुमा प्रदर्शन गरेका थिए । ती प्रदर्शनमा अधिकांश नेविसंघका कार्यकर्ताको सहभागीता थियो ।
पोखरामा भएको प्रदर्शनमा त केपी शर्मा ओली विरोधी नारा लगाएर थापा समर्थकले आफ्नो परिचय दिइसकेका छन् ।
बिहीबार चितवनको प्रदर्शनमा प्रधानमन्त्रीप्रति व्यंग गर्दै प्रदर्शनमा उत्रिएकाले नो पिसिआर, नुन तेल बेसार, कोरोनाको उपचार : डा. केपी ओली । भन्ने प्लेकार्ड पनि बोकेका थिए । 
नेकपा स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले फेसबुकमा लेखेका छन्

–यो समय सडकमै आउनुपर्ने हो र ? होइन।
कोभिड १९को चुनौती सकिएको छैन,वरु बढदै छ ।
भारतको बढ्दो संक्रमणले नि चुनौती थपेकै छ। सचेत बनौं।

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गर्दै बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध गरेकी थिइन ।

काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्जलगायत देशका केही सहरमा सरकारको विरोधमा प्रदर्शन भएको थियो । त्यो प्रदर्शनले लकडाउनको आदेशको उल्लंघन गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारअगाडि सडकमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीका फोहरा र प्रदर्शनकारीलाई तितरबितर पार्दै गैरीधारामा अश्रृग्यास प्रहार गरेको थियो ।
प्रर्दशनको भित्री रहस्य

सरकारले घोषणा गरेको लकडाउनको समयावधि सकिन अझै तीन दिन बांकी रहेकै दिन जेठ ३१ गते संसदबाट सरकारले जारी गरेको नयां नक्सा अनुसारको निशान छाप पारित गर्ने दिन हो । विभिन्न कारणले आलोचनाको निशानामा पर्दै आएको सरकार नेपालको नक्सा पारित र संसदबाटै संविधान सशोधन गरेपछि नेकपाको सरकार झन बलियो हुने शान्तपूर्ण घटनालाई विश्रृखलित गर्नका लागि नै तीन दिन पहिलेबाट जनताको सरकारप्रतिको आक्रोशलाई आफ्नो पक्षमा पार्ने गगन थापा र उनको शक्ति केन्द्रको योजना रहेको सरकारका उच्चपदस्थ अधिकारीले निश्कर्ष निकालेका छन् ।
विहीबार भएको प्रदर्शनलाई अमेरिका, युरोपियन युनियन, लगायतका विभिन्न संस्थाले प्रवर्धन गरेका अनलाइन र नेकपा विरोधी सञ्चारमाध्यमले विशेष प्रथामिकताकासाथ बढाई चढाई गरेबाट पर्दा पछाडिको खेल उदांगिएको हो ।Krishma(कृष्मा)@thekrishma

बालुवाटारमा PCR परीक्षणको दायरा बढाउन माग गर्दै सरकार विरुद्ध विशाल प्रदर्शन ।
लकडाउनका बेला सरकार विरुद्ध आवाज सडकमा आउनु राम्रो होइन । सरकार सच्चियोस्@kpsharmaoli

Embedded video

865Twitter Ads info and privacy305 people are talking about this

कोरोना संक्रमितको संख्या विहीबारसम्म ४३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।
यस्तो अवस्थामा मानिसहरू किन सरकारको विरोधमा सडकमा उत्रिए? प्रदर्शनकारीको नेतृत्व कसले गरेको छ र उनीहरू के चाहन्छन् भन्न् जस्ता प्रशन अनुत्तरित छन् ।

सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये कतिपयले े नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको दावी गरेपनि नेपाल सरकारले जारी गरेको नेपालको नयां नक्साको पराकम्पन हो भन्ने स्पष्ट छ ।
प्रदर्शनकारीका माग विचित्रका छन्

‘कोरोना परीक्षण सतप्रतिशत नै पिसिआर विधिबाट हुनुपर्छ। जनताका भोटबाट चुनाव जितेका सांसदलाई पिसिआरबाट परीक्षण अनि भोट दिने जनतालाई विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय हुँदैन भनेको आरडिटीबाट परीक्षण, किन?,’, ‘जनतामाथि विभेद हुनुहुन्न । ओली सरकार तेरो आयु पुग्यो ।
विहीबारको प्रदर्शनपछि गृहमन्त्रालयले विज्ञप्ती निकालेर ५० रुपैयां जरिबना देखि ६ महिनासम्म कैद सजायं गर्ने चेतावनी दिएको छ ।

प्रदर्शनको मुख्यक मकसद जनअसन्तोष भन्दा पनि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भन्दा पनि भारतले नेपाली भूमि मिचेको, वार्ताप्रति अरुचि देखाएको, इपिजीको प्रतिवेदन अहिलेसम्म नबुझेर बेइमानी गरेको जस्तो अभिव्यक्ति दिएका कारण नै बुधबार त्यसको असर देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board