काठमाडौं, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। शनिबार रातिसम्म ३ जनाको मात्रै शव प्राप्त भएकोमा आइतबार बिहान थप २ जनाको शव भेटिएको स्थानीय गणेश गुरुङले बताउनुभयो ।
यसअघि पहिरोमा पुरिएर मृत्यु भएका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी विविशाको शव भेटिएको प्रहरीले जनाएको छ । धेरै वर्ष पहिले गाउँमाथि मोटरबाटो बनाउँदा फालिएको माटोसहितको पहिरो आएको स्थानियबासीले बताएका छन् ।
COMMENTS