18 June, 2020 12:24 pm


रोटीबेटीको सम्बन्ध हो भने पूर्वको दार्जिलिङ पश्चिमको काँकडा भारतले फिर्ता गर्नुपर्छ – नेता शर्मा

काठमाडौं, ४ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल विना शर्त नेपालको भूमि फिर्ता गर्नुपर्ने बताउनुभएको हो । उहाँले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले आफै पहलकदमी गर्नु पर्ने सmुझाव दिनुभयो ।
उहाँले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताउनुभयो । उहाँले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताउनुभयो ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन एक ढिक्का छन भन्ने सन्देश राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय रुपमा यसले दिएको छ । यो निरन्तर कायम रहने छ । हाम्रो राष्ट्रिय एकता निरन्तररुपमा कायम रहने छ । मैले विश्वास लिएको छ्’ शर्माले भन्नुभयो ।

भारत नेपालको असल मित्र भएको र भारतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताउनुभयो । उहाँले भारतले नेपालसँग रोटीवेटी सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काकडा समेत फिर्ता दिनुपर्ने बताउनुभयो ।

‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरुको हो तपाईहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडा सम्मको जमिन तपाइहरुले लिनुस भनेर चेलिबेटीको नाता हो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ । यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ । र काकडा सम्मको भूमि फिर्ता गरिदिनुपर्छ ’शर्माको निश्कर्ष छ ।

१८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपाले सम्झौतलाई बाध्य भएर मान्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘१८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा स्पस्ट रुपमा त्यो पनि शर्तमा पाँच नम्बर बुुँदामा अहिले पनि त्यो ५ नम्बर बुँदा ज्युदै छ । त्यो पाँच नम्बर बुँदामा महाकालि पश्चिम नेपाल नआउने भनेको छ । महाकालि नदि साझा नदि हो भनेर हामीले एकपटक २०५२र५३ मा नारा लगायौं सडकमा ।

महाकाली नदि साझा नदी होइन महाकाली नदी नेपालको हो । त्यो सन्धिको मर्म अहिले पनि हामी सबैले पढन सक्छौं हेर्न सक्छौं । सुगौलि सन्धिको ५ नम्बर बुँदाले महाकाली पश्चिमको भूभागमा नेपाल नआउने मेचि पूर्वको भूभागमा नेपाल नजाने । त्यो बेला हामीले नेपालको एक तिहाई भूभाग गुमाएका छौं । १ हजार ८ सय वर्ग किलोमिटर हाम्रो भूभाग अंग्रेज साम्रज्यवादले लुटेर लगेको छ । त्यसकारणले त्यो भूभाग हाम्रो लुटेर लगेको छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board