19 June, 2020 10:07 am


टोखाले ‘एक वडा, एक व्यायामशाला’ निर्माण गर्ने

काठमाडौँ, ५ असार

टोखा नगरपालिकाले ‘एक वडा, एक व्यायाम शाला’ निर्माण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को तनावलाई कम गर्नका लागि युवा, महिला र बालबालिकालाई लक्षित गरेर व्यायामशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

“टोखाका सबै वडामा निर्माण हुने व्यायामशालामा ध्यान केन्द्र, योग केन्द्र, मेडिटेसन सेन्टर र विभिन्न किसिमका खेलकूद खेल्न मिल्ने स्थान रहनेछन्”, उहाँले भन्नुभयो । टोखाले व्यायामशाला निर्माणका लागि आगामी आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन गर्ने भएको छ । टोखाका सबै वडामा निर्माण गरीने व्यायामशाला कुनै एक वर्ष र कुनै बहुवर्षीय योजनामा सम्पन्न गरिने लक्ष्य राखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । यस्तै, टोखाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा, स्वास्थ्य, खेलकूद र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने भएको छ । आव २०७६/०७७ मा रु एक अर्ब ४० करोडको बजेट प्रस्तुत गरेको टोखाले आव २०७७/०७८ मा रु एक अर्ब ५० करोडभन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यस्तै, टोखाले कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर आगामी आव २०७७/०७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ । उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ । (रासस)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board