20 June, 2020 10:11 am


नेकपा सचिवालयको बैठक – एमसीसी र स्थायी समितिको बैठकका एजेण्डामाथि छलफल

काठमाडौं ६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकमा एमसीससी र आगामी १० गते देखि हुने स्थायी समितिको बैठकका एजेण्डामा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकममा अमेरिकी सहयोग परियोजना (एमसीसी) मा केन्द्रित रहेको प्रचार गरिए पनि त्यो नै मुख्य एनजेण्डा नभएको सचिवालयका एक नेताले बताए ।
ती नेताका अनुससार यथास्थ्तििमा त्यो परियोजना ससंसदबाट पारित हुने अवस्था छैन । पछिल्लो समय दुई अध्यक्ष बीच संसदबाट अनुमोदन नगर्ने र आगामी एक वर्षपछिमात्र लागू हुने गरी परियोजनाको बारेमा अमेरिकासंग कुरा गर्ने विषयमा सहमति भएको छ ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि बाह्य शक्ति र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बढी दबाव छ । नेकपा भित्र भने एमसीसी पारित गर्न नहुने पक्ष बलियो छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव गत फागुनमा नै दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board