26 June, 2020 2:39 pm


नेपालको जनसंख्या ३ करोड ६३४ जना पुग्यो

काठमाडौँ, १२ असार ।  नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको हो ।

बोलचाल गर्ने क्रमा भने नेपालको जनसंख्या तीन करोड भन्न थालिएको थियो । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठको भनाई छ । उनका अनुसार यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

विभागले जानकारी दिए अनुसार दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको छ । उनका अनुसार जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराइ अनुपातमा भने खासै फरक नआएको उनको भनाई छ ।

जानकारहरुका भनाई अनुसार नेपालका झण्डै दुई तिहाई जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board