26 June, 2020 5:39 pm


सीमा विवाद समाधानका लागि भारत सकारात्मक छैन: परराष्ट्रमन्त्री

काठमाडौं, १२ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत वार्ताका लागि सकारात्मक नभएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ज्ञवालीले सीमा विवादबारे ब्रिफिङ नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको बताए ।

ज्ञवालीले सन् १८१६ देखिका सन्धि सम्झौतासहित नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयासबारे बैठकमा जानकारी गराएका हुन् ।

उनले नोभेम्बर, डिसेम्बर र जनवरी गरी तीन पटकसम्म वार्ताको प्रस्ताव गर्दा पनि भारतले कुनै रेस्पोन्स नगरेको जानकारी दिएको नेता भट्टराईले बताए ।

पछिल्लो समय कोभिड–१९ को महामारी कम भएपछि वार्तामा बस्ने विभिन्न अनौपचारिक फोरमहरुबाट जानकारी आएको बैठकमा ज्ञवालीले बैठकलाई जानकारी गराए । उनले वार्तामार्फत सीमा समस्या समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको बताए ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठक सकिएको छ। अर्को बैठक भोलि बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्। उनले आफू अरू नै काममा व्यस्त भएको भन्दै बैठक चलाउने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका थिए। बालुवाटारमा भएको आजको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board