27 June, 2020 3:43 pm


नेकपा स्थायी समितिको बैठक जारी, सिमा समस्याबारे छलफल हुँदै

काठमाडौं, १३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेको छ ।

आज पनि बैठकमा सीमा समस्याका विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्निे क्रम जारी रहेको छ । शुक्रबार १८ जना सदस्यले सीमा समस्याका बारेमा आफ्नो धारणा राखेका थिए । आज करिब १ दर्जन सदस्यले सीमा समस्याका विषयमा आफ्ना कुरा राख्ने बताइएको छ ।

शुक्रबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराएका थिए । सीमा समस्याका विषयमा बोल्ने क्रम सकिएपछि कोरोनाले पारेको प्रभाव र सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका कामहरुको बारेमा समिक्षा हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागि हुनुभएको थियो । उहा बैठकमा केहीबेर मात्र सहभागी भएर बाहिरिएका थिए । शुक्रबारको बैठकमा उपस्थित नभएपछि सदस्यहरुले चर्को आलोचना गरेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यका कारण प्रधानमन्त्री ओली पूरै समय बस्न नसकेको बताए । नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board