काठमाडौं, १३ असार । कोरोना भाइरसको विश्वव्यापी महामारीले यतिबेला अर्थतन्त्रमा गम्भीर संकट देखिएको छ । अहिले नेपालको वर्तमान आवस्थामा सबैको ध्यान कृषिमा छ । तर, कृषि आफै पनि संकटसँग जुध्नुपर्ने अर्को गम्भीर आवस्था आईपुगेको छ ।
अमेरिकन फौजी किरा (अमेरिकन आर्मी वर्म)को आक्रमणले किसानहरु आहत भइरहेको अवस्थामा सूडान, पाकिस्तान हुँदै भारतको राजस्थान, मध्येप्रदेश दिल्ली र उत्तर प्रदेशको झाँसी हुँदै नेपाल भारताको सिमा क्षेत्रहरुमा अहिले यो किराले प्रवेश गरेर अन्नबालीहरुमा असर गर्न शुरु गरेको छ ।
सलहको आक्रमण भारतमा वर्षेनी हुने भएता पनि २७ वर्षको अन्तरालम यो सबैभन्दा ठूलो प्रकोप रहेको बताईएको छ । नेपालका बारा, सर्लाही लगायतका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् ।नेपालमा देखिएसँगै नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफल गरेका छन् । नेपालमा देखिएको सलह कीराको फोटो हेरेर पाकिस्तान र भारतका वैज्ञानिकले पनि यो सलह कीरा नै रहेको भनेका छन् तर यसको ल्याब परीक्षण नभएसम्म शतप्रतिसत सुनिश्चित गर्न नसकिने बताइएको छ ।
कृषि मन्त्रालयका अनुसार शनिबार यो फट्याङग्रा रुपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा देखा परेको थियो । दिउंसो करिब एक बजे रुपन्देहीमा बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो । यो फट्याङग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुंदै भारत छिरेको थियो ।
अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् ।
एक दिनमा फट्याङग्राहरु करिब १ सय ३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफनो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।
यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवाको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजकसमेत रहेका हुमागाईले जानकारी दिए । जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।
जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो । “आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो ।”, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा विशेश्वरप्रसाद यादवले जानकारी दिए । सलह किरा हजारौंको सङ्ख्यामा रहेको उनले बताए ।
“शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्गराजस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको” उनले भने, जिल्लाका किसान चिन्तित बनेका छन् ।फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो ।
नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ । सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।
जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञ बताएका छन् । प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति जातलगाएतका बारेमा चाडैँ पक्ता लगाउने ” उनले बताए । सलह किराको जातको पहिचान र व्यावस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ ।
COMMENTS