28 June, 2020 12:48 pm


सेनाले १८ करोडको सवारीसाधन खरिद गर्दै, हेर्नुहोस के-के ?

काठमाडौं, १४ असार । नेपाली सेनाले १८ करोड रुपैयाँ मूल्य बराबरको सवारीसाधन (अपरेसनल भेइकल) खरिद प्रक्रिया अगाडि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको बताईएको छ ।

डबल क्याब पिकअप तराई र पहाडका लागि ५–५ वटा गरेर १० वटा खरिद गर्ने बताइएको छ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।

भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स एउटा खरिद गरिँदैछ । यो राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग हुनेछ । यसमा भेन्टिलेटरसहितको सुविधा हुने सेनाले तयार गरेको प्राविधिक विशेषता सूचीमा उल्लेख छ ।

श्रोतका अनुसार हार्ड टप जिप पनि ५ वटा खरिद गर्ने सेनाको तयारी छ । जंगीअड्डाले १५ वटा खरिद गर्न माग गरे पनि ५ वटा मात्र स्वीकृत भएको हो । त्यही क्षेत्रका लागि ५ वटा मोटरसाइकल पनि खरिद गरिँदैछ।

सेनाले विभिन्न क्षेत्रका लागि ३० वटा साइकल र ४ वटा ट्याक्टर पनि खरिद गर्दैछ । जंगीअड्डाका लागि २० र ५ टन सामान उठाउने फोर–क्लिफ एकरएक वटा खरिद गरिँदैछ । जंगीअड्डाकै लागि वर्कसप भ्यान एउटा खरिद गरिँदैछ । सेनाको वेयर हाउसका लागि ६ वटा ‘इलेक्ट्रिक कार्ट’ र दुई वटा किचन मोबाइल भ्यान पनि गरिद गर्ने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board