28 June, 2020 1:13 pm


सलह किराको प्रकोपः ‘नेपालमा एक महिनासम्म रहन सक्छ’

काठमाडौं, १४ असार । नेपालका भारतसँग जोडिएको सिमाका केहि जिल्लाहरुशनिबार प्रवेश गरेको सलह किरा अहिले राजधानीसम्म आईपुगेको छ ।

बिज्ञहरुले यो किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ ।

वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए । उनले भने, ‘‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन् । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए ।

८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए ।

शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सहल किरालाई विहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाई छ ।

साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले विहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board