1 July, 2020 2:52 pm


छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, १७ असार । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । लामो समयदेखि बिरामी भएर गंगालाल अस्पतालमा भर्ना भएकी छन्त्यालको बिहान नौ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको हो ।

समानुपातिक कोटामा नेपाली कांग्रेसबाट सांसद बनेकी छन्त्याल यसअघि संविधानसभा सदस्यसमेत भएकी थिइन् । बागलुङको पश्चिम क्षेत्रको सामाजिक विकासमा छन्त्यालको महत्वपूर्ण योगदान रहेको छ ।

मुटुमा समस्या भएपछि उनको डेढ हप्ताअघि मुटुको शल्यक्रिया गरिएको थियो । ६६ वर्षीया छन्त्याल बागलुङको तमानखोला गाउँपालिका ५ खुंखानीकी स्थायी बासिन्दा थिइन् ।

प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

नेपाली काँग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।

सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board