स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ताको तयारी

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ ।एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’