2 July, 2020 2:09 pm


सरकार ढाल्न पाइँदैन भन्दै युवाहरुले गरे माइतिघरमा प्रर्दशन

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा केही युवाहरुले बिहीबार राजधानीमा जुलुस निकालेका छन् ।

युवाहरुको एक समुहले माइतीघर मण्डलामा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै प्रर्दशन गरेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।

उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् । यसैबीच, नेकपाका दोस्रो तहका नेताहरुले पनि शिर्ष नेतालाई मिल्न दवाव दिईरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board