2 July, 2020 4:55 pm


संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको अनुत्तरदायी कदम: बालकृष्ण खाँण

काठमाडौँ, १८ असार । संसदको चालु अधिवेशन आजै (बिहीबार) साँझबाट अन्त्य गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले अनुत्तरदायी कदम बताएको छ ।

सबै दलसँग सल्लाह गरेर, संसदको बिजनेस सकिएपछि अधिवेशन अन्त्य गर्ने परम्परा भएकोमा थाहासमेत नदिए अधिवेशन अन्त्य गरेर सरकारले संसदलाई कार्यकारीको लाचार छायाँमा परिणत गर्न खोजेको बताएको छ ।

प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदको बिजनेस बाकिनै रहेको छ विधेयक, प्रतिवेदन, संकल्प र ध्यानाकर्षण प्रस्तावहरु छन् । यी सबैमा छलफल हुन नदिइ हठात् रुपमा संसद अन्त्य गर्नु गतल भएको बताए ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ ।

विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई सङ्घीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board