3 July, 2020 11:03 am


नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो

काठमाडौं, १९ असार । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा रहेको छ ।

विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।

विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board