3 July, 2020 1:13 pm


उत्तर कोरियामा कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी

काठमाडौं, १९ असार। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको लडाइँमा मुलुकलाई ‘चम्किलो सफलता’ मिलेको दाबी गरेका छन् ।

पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर अवस्था कायम गरेको बताएका हुन्। कोरोनाभाइरस संसारभरि फैलिरहेको बेला छ महिनाअघि उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै हजारौँ मानिसलाई क्वारन्टीनमा राखेको थियो।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार बुधबार सत्तारुढ वर्कर्स पार्टीको पोलिट्ब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले कोरोना भाइरसलाई रोक्दै अवस्था स्थिर राख्न सफल रहेको बताएका हुन् ।

६ महिनाअघि नै उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको समयमा नै आफ्नो सीमा बन्द गरेको थियो । साथै हजारौं मानिसहरुलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ ।

उत्तर कोरियाले जनवरीको अन्तिमदेखि नै कोरोना भाइरस नियन्त्रणको लागि तीव्र गतिमा आवश्यक कदम अघि सारेको थियो । यसैबीच उत्तर कोरियाले सार्वजनिक स्थलमा मानिसहरुलाई मास्क लगाउन अनिवार्य गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्तर कोरियामा सार्वजनिक स्थलम अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम लगाइएको बताएको हो ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म मुलुकमा केवल ९२२ जना मानिसको कोरोना भाइरसको परीक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ आएको छ । बीबीसी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board