4 July, 2020 4:23 pm


पाकिस्तानका विदेश मन्त्रीलाई कोराना संक्रमण

इस्लामावाद, २० असार । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोनाभाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपनि विदेश मन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्नु नहुने ।

“शुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखका छन् ।

पछिल्लो विवरण अनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोनाभाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ ।

विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board