6 July, 2020 4:58 pm


उपत्यकामा कोरोनाको जोखिम बढ्यो, एकैदिनमा थपिए ५४ जना संक्रमित

काठमाडौं, २२ असार । नेपालमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण थप १८० जनामा भेटिएको पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

मन्त्रालयले जानकारी दिए अनुसार बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यस्तै, बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको मन्त्रालयले जनाएको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board