8 July, 2020 12:16 pm


बब्जीको लत: जसले आफ्नै बाउआमाको उडाईदिए २७ लाख !

भारत । पछिल्लो समय मानिसहरुमा पब्जीको क्रेज नराम्ररी बसेको छ । पब्जी मोबाइल गेमको क्रेज कतिपय मानिसमा यतिधेरै छ क लाखौँ खर्च गरेर पनि होस् नै छैन ।

भारतको पन्जाबमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए । समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि उनले १६ लाख भारु खर्च गरे ।

१७ वर्षका ती किशोरसँग आफ्ना बाउआमाका विभिन्न ३ वटा मोबाइल अकाउन्टमा पहुँच थियो । पब्जी मोबाइलमा लम्पट बनेका उनले एपमै पैसा खर्चका लागि तिनैवटा अकाउन्टको प्रयोग गरे ।

ती किशोर मोबाइलमा निकै भुलेको देख्दा बाउआमालाई शंका लाग्दथ्यो । तर उनले चाहीँ आफुले पढ्नका लागि भन्दै घण्टौँसम्म मोबाइल चलाइरहन्थे र पब्जी खेल्दथे । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड खरीद गरिदिन्थे ।

जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास नउड्ने कुरै भएन । त्यसपछि सोधखोज गर्दा आफ्नै छोराले मोबाइलमा गेम खेल्दा त्यो रकम खर्च गरेको पत्ता लाग्यो ।

ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृत्य गरिरहेको पत्तो थिएन ।

पब्जीमा उडाएको लाखौँ रुपैयाँ उहीँ छोराको भविष्य तथा औषधि उपचारका लागि म्मा गरेको ती किशोरका बाबुले बताएका छन् । ती किशोरका बुवा सरकारी जागिरे हुन् । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board