काठमाडौं, २५ असार । समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट पदमुक्त भएकी छिन् ।संघीय संसद सचिवालयले गिरीलाई पार्टी ह्विप उल्लंघन गरेको आरोपमा कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो ।
पार्टीले संसद सचिवालयलाई कारवाहीको जानकारी गराएको थियो । संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका हुन्।
संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।
नेपालको नयाँ नक्साको गिरीले विरोध गनुभएको थियो । उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिईन् । त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराउनु भएको थियो ।
COMMENTS