10 July, 2020 12:12 pm


अविरल वर्षाले अधिकांश सडक अवरुद्ध, पहिराको उच्च जोखिममा गाउँ

काठमाडौं, २६ असार । लगातार परिरहेको बर्षातका कारण आएको बाढी पहिरोले देशका विभिन्न भागहरुमा जनधनको क्षति भईरहेको छ । मुलुकका केहि जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् ।

पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्रका जाने ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् । सदरमुकाम मार्तडीबाट गौमूल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए ।

“सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्, अब जिल्ला सदरमुकाम आउन एक दिनको पैदल यात्रामा हिँड्नुपर्छ । बाटो बनाउन गाउँपालिकाले प्रयास गरे पनि वर्षा नियमित भएका कारण सकिएको छैन”, उपाध्यक्ष थापाको भनाइ छ ।
मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ ।

सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीय तहले जनाएका छन् ।
मार्तडीबाट पाण्डुसैनसम्मको सडक पूर्ण रुपमा अवरुद्ध भएको तथा पाण्डुसैनबाट दानसागुसम्म फाटफुट रुपमा साना जीप सञ्चाल भइरहेको स्थानीय व्यापारी वीरेन्द्र कार्कीले जानकारी दिए ।

जथाभावी रुपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा साधारण मार्ग मात्र खोलिएको र वर्षायाम शुरु हुनेबित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका नौ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्राविधिक रुपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन् ।

साँफे –मार्तडी सडक बन्द
लगातार परेका वर्षाका कारण साँफे–मार्तडी सडक एक हप्तादेखि अवरुद्ध भएको छ । बूढीगङ्गा नगरपालिका १ मा पर्ने द्वारी क्षेत्रको सडकमा तल र माथिबाट पहिरो बग्न थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
पहिरोसँगै बूढीगङ्गा नदीको तीव्र कटानका कारण सडक चार मिटर तल भासिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । तत्काल हटाउन सकिने अवस्था नरेहेको उनको भनाइ छ ।

लगातार वर्षाका कारण नदीको कटान र माथिबाट पहिरो आउने क्रम नरोकिएकाले सडक तत्काल बनाउने अवस्थासमेत छैन । मौसम सफा हुनेबित्तिकै सडक मर्मत गरिने प्रजिअ गैरेले बताए ।

डोटीका ग्रामीण सडक अवरुद्ध
डोटी, २६ असार । दुई दिनदेखि जारी भारी वर्षात्का कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । वर्षात्ले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो गएपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन । वर्षात्का कारण जिल्लाको मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट, चवराचौतारालगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरि सडक खनिएका कारण माथिबाट पहिरो खस्ने र अवरुद्ध हुने गरेको कपल्लेकी स्थानीयवासी रतन ऐरले बताए ।

यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का स्थानीय डिलबहादुर सिंहले बताए । उनले भने, “उपभोक्ता समितिको मनपरि ढङ्गले काटिएका सडक बेकामै भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुस्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको छ महिनामात्र सवारीसाधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भैहाल्छ ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिममा रहेका छन् । बिना मापदण्डका यी ग्रामीण सडकमा ठूलाठूला दुर्घटना हँुदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ ।

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्थाजस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय तथा काँग्रेस नेता खडकबहादुर बोहराले बताए । उनले भने, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दूरावस्ता भएको छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनु पर्छ ।” ग्रामीण क्षेत्रका सडक ज्यानमारा सडकका रुपमा परिच हुन थालेका छन् । जिल्ला समन्वय समिति, वडा, निर्वाचन क्षेत्र विकासको वर्षेनी त्यस्ता सडकमा रु।१० करोडभन्दा बढी खर्च हुने गरेको छ । ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्गमा र अति जोखिममा परेका छन् ।

वर्षात्ले ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरी महिलाले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ विपिनगरका स्थानीयवासी रोजबहादुर कलेलले बताए । उनले भने, “गाडीमा चढ्ने बानी परेकाले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी प¥यो की बोक्नको समस्या हुन्छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी नै चलेको छ । विगतमा नेताले जनतासँग सडक पु¥याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु¥याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् ।

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए । पहिरोले करिब २५ मिटर सडक पुरेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन् । निरन्तरको वर्षात्का कारण लोकमार्ग खुलाउन समस्या भएको सो नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् ।

स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध
जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् ।

पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्रका जाने ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

सदरमुकाम मार्तडीबाट गौमूल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । “सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्, अब जिल्ला सदरमुकाम आउन एक दिनको पैदल यात्रामा हिँड्नुपर्छ । बाटो बनाउन गाउँपालिकाले प्रयास गरे पनि वर्षा नियमित भएका कारण सकिएको छैन”, उपाध्यक्ष थापाको भनाइ छ ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ । सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीय तहले जनाएका छन् ।मार्तडीबाट पाण्डुसैनसम्मको सडक पूर्ण रुपमा अवरुद्ध भएको तथा पाण्डुसैनबाट दानसागुसम्म फाटफुट रुपमा साना जीप सञ्चाल भइरहेको स्थानीय व्यापारी वीरेन्द्र कार्कीले जानकारी दिए ।

जथाभावी रुपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा साधारण मार्ग मात्र खोलिएको र वर्षायाम शुरु हुनेबित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका नौ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्राविधिक रुपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन् ।

साँफे –मार्तडी सडक बन्द
लगातार परेका वर्षाका कारण साँफे–मार्तडी सडक एक हप्तादेखि अवरुद्ध भएको छ । बूढीगङ्गा नगरपालिका १ मा पर्ने द्वारी क्षेत्रको सडकमा तल र माथिबाट पहिरो बग्न थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
पहिरोसँगै बूढीगङ्गा नदीको तीव्र कटानका कारण सडक चार मिटर तल भासिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । तत्काल हटाउन सकिने अवस्था नरेहेको उहाँको भनाइ छ । लगातार वर्षाका कारण नदीको कटान र माथिबाट पहिरो आउने क्रम नरोकिएकाले सडक तत्काल बनाउने अवस्थासमेत छैन । मौसम सफा हुनेबित्तिकै सडक मर्मत गरिने प्रजिअ गैरेले बताए ।

भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा
पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए । उनका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आँगन भत्किएको छ ।

सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ । यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ ।

उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ ।

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए । “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ”, मौसमविद् पोखरेले भने ।

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९।८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २३।५, सिमरामा ११।२, नेपालगञ्जमा १०।७ र सबैभन्दा धेरै पोखरामा १३६ ।७ मिलिमिटर वर्षा भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board