10 July, 2020 4:06 pm


चीन र जापानका विदेशमन्त्री बीच फोनवार्ता

बेइजिङ, २६ असार । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उहाँहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गर्नुभएको छ ।

चिनियाँ विदेशमन्त्री पाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उहाँहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गरेको बताइएको छ ।

हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उनीहरुले यसै विषयमा सो सन्देश आदान प्रदान गरेको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ । सो वार्ताका क्रममा उनीहरुबीच अगामी दिनमा पनि निरन्तर रुपमा सम्पर्क र सम्वादमै रहने र यसमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुबीच हाल विश्वमा देखा परिरहेको कोरोनाको महामारी र यसले पारेको प्रभावका साथै दुई देशका आपसी हितका विभिन्न विषयमा कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board