11 July, 2020 7:01 pm


राजस्थानबाट सलहको ठूलो झुण्ड नेपालतर्फ बढ्यो : केही दिनमा नेपालमा प्रवेश गर्न सक्ने

काठमाडौं, २७ असार ।  भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ । त्यसमध्येका केही झुण्डहरु केही दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना देखिएको केन्द्रको भनाइ छ ।

This image has an empty alt attribute; its file name is salaha21.jpg

राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले जनाएको छ ।
त्यसैले सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाई केन्द्रले भनेको छ । सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मूभमेन्ट सम्बन्धी जानकारीमा सो कुरा उल्लेख सलह सूचना केन्द्रले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board