म्याग्दी, २८ असार । म्याग्दी पहिरोमा परि ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ । पहिरोमा परेकामध्ये १२ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये १ जना गर्भवती छन् । धौलागिरी गाउँपालिका–६ की २२ वर्षीया मन्जिता श्रीपालीलाई म्याग्दीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । सोही ठाउँका ७ वर्षीय बालक सफल श्रीपालीको पनि मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
मालिका गाउँपालिका ७ बिमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको म्याग्दीकै बेनी अस्पतालमा उपचार भइरहेको छ । बेनी अस्पतालमा पूर्णबहादुर बाहेक अन्य ८ जनाको पनि उपचार चलिरहेको छ । घाइते मध्ये ६ जना उपचारपछि घर फर्किएका छन् । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीका विभिन्न ठाउँबाट करिब ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा पायक पर्ने स्थानमा उनीहरूलाई सारेर अझै वर्षा भएमा थप मानवीय क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाइएको छ ।
COMMENTS