12 July, 2020 11:50 am


पहिरोले गाउँ बगाउन थालेपछि बारेकोटमा पाँच सय घरपरिवार विस्थापित

जाजरकोट, २८ असार । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाडामा आएर बसेका छन् । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् ।

विस्थापितलाई दुई विद्यालयमा राखिएको छ । ५०० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जंगलमा बसेका छन् । खोला बढेका कारण एक गाउबाट अर्को गाउमा जान सकिएको छैन । सबै गाउलेले गाउ छाडेर खुला आकाशमा पाल टाँगेर बसेका छन् । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् ।

बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउदा नौ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिबाट र सर्वसाधारण बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board