13 July, 2020 1:53 pm


पहिरोले तनहुँमा ११ जनाको मृत्यु

तनहुँ, २९ असार । आइतबार राती परेको अविरल वर्षाले तनहुँमा आएको बाढी र पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिमा गरी तीन ठाउँमा पहिरोजाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–९ माझकोटमा दुई घर बाढीले पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीय अञ्जना थापा, २० वर्षीय राजेश थापा र ६० वर्षीया मैती कुमारी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

त्यस्तै रिसिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलीका २८ वर्षीय भेष बहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र ५ वर्षीया बालिका अनिसा थापाको ज्यान गएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ऋषिङका पाँचै जना र व्यास नगरपालिकाका तीन जना एउटै परिवारका हुन् ।

म्याग्दे गाउँपालिका–६ का १५ वर्षीया बालिका लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ । जिल्लाका साना तथा ठूला खोला नदीमा बाढी आउदा पृथ्वी राजमार्ग, लगायत शाखा सडक मार्गहरुमा पहिरो जाँदा यातायातमा समस्या भएको छ ।

त्यसैगरी व्यासनगरपालिका २ निवासी राम शाहले व्यवसायिक रुपमा पालेको एक हजार कुखुरा बुल्दी खोलामा आएको बाढीले बगाएको छ । उनको अनुसार करिब पाँच लाख बराबरको क्षति भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board