14 July, 2020 2:48 pm


ओली र प्रचण्डबीच छलफल सकियो, सहमति के भयो ?

काठमाडौं, ३० असार । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको भेटवार्ता सकिएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच छलफल भएको थियो । एक नेताले भने, ‘दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा करिब एक घण्टा छलफल भएको हो । उहाँहरुवीच छलफल भयो, तर, खासै ठोस निश्कर्ष निस्किएको छैन,’ भोलि फेरि छलफल गर्ने कुरा छ ।’

पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद बढेपछि स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । बैठक रोकेर पार्टीभित्र सहमति जुटाउने प्रयास गरिए पनि नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board