14 July, 2020 3:29 pm


कोरोना महामारी थप खराब र भयावह बन्दै जाने डब्लूएचओको चेतावनी

काठमाडौं ३० असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिए ।

कोरोना भाईरसका त्रमा विश्वका कयौं राष्ट्रहरुले प्रभावकारी कदम चाल्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ठहर छ । डब्लुएचओ महानिदर््शक डा. टेडरोज गेब्रेयेसोसले विश्वका कयौ राष्ट्रका सरकारले कोभिड १९ का लागि प्रभावकारी कदम चाल्न नसकेको ठहर गर्दै भयावह स्थिति निम्तने चेतावनी दिए ।

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी कदम चाल्न नसकेका कारण विश्वका कयौं राष्ट्रहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको महानिर्देशक टेडरोजले जानकारी दिए । कोभिड १९ को इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको अवस्थामा अमेरिकामा स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पवीचको तनाव बढ्दै गएका कारण पनि संक्रमण पनि बढ्दै गएको डब्ल्युएचओ को ठहर छ । तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चांडो हुंदा मानिसको जीवन जोखिममा परेको बताईएको छ ।

लकडाउन खुकुलो पारेकै कारण अमेरिकामा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढेको बताउँदै महानिर्देशक टेडरोजले कोरोना संक्रमित कम गर्ने मुख्य उपायमा लकडाउन पनि एक भएको बताउँदै संक्रमण फैलिएका देशहरुमा लकडाउन लागू गर्नुपर्ने सुझाव दिए । जेनेभामा गरिएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले विश्वका नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको जानकारी दिए

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board