15 July, 2020 12:39 pm


अपाङ्गता र सीमान्तकृत परिवारलाई राहत वितरण

सप्तरी, ३१ असार । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–६ का २९ र तिलाठी कोइलाडी गाउँपालिका–५ का ३८ सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत वितरण गरिएको हो । राजविराज र तिलाठी कोइलाडीमा सञ्चालित आयआर्जन कार्यक्रममा सहभागी २०÷२० परिवार तथा राजविराज र तिलाठी कोइलाडीका क्रमशः ९ र १८ जना अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको हो । युकेएडको सहयोगमा भिएसओ नेपाल र समग्र जनउत्थान केन्द्र लहानको सहकार्यमा आयआर्जन कार्यक्रम सञ्चालित छ ।

राहत वितरणमा ३० किलो चामल, तीन किलो दाल, दुई लिटर खाने तेल, दुई/दुई किलो चिनी र नुन, चार थान नुहाउने साबुनसमेत रु दुई हजार आठ सय ८७ बराबरको खाद्यान्न वितरण गरिएको छ ।

भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहानले ६ महिनादेखि सीमान्तकृत समुदायमा आर्थिक सशक्तिकरण तथा आयआर्जनको अभियान शुरु गरेको छ । लैङ्गिक रुपान्तरण अभियानअन्तर्गत आर्थिक सशक्तिकरण तथाआयआर्जनसम्बन्धी अभियान सञ्चालन गरिएको समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board