काठमाडौं, ३१ असार । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो ।
तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसंगै मौसममा सुधार आउन थालेको मौसमविदले बताएका छन् । मौसम सुधारसंगै अबका तीन दिन लगातारको झरी पर्ने सम्भावना कम छ । तर, मनसुन कायमै रहेकोले केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहने मौसमबिद्ले बताएका छन् ।
यसअघि बिहीबारदेखि अस्ति सोमबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि हिजोसम्म बाढी र पहिरोमा परी एक सय ३ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता भएका र ९७ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी पहिरोबाट २५ जिल्ला प्रभावित भएका छन् ।
COMMENTS