15 July, 2020 3:08 pm


औषधि व्यवसायीहरु आज पनि आन्दोलनमा

काठमाडौं, ३१ असार । विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आजपनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

आफुहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको वयवसायीहरुको गुनासो छ । औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहिन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् ।

नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताए । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board