15 July, 2020 3:50 pm


ओली-प्रचण्डबीच तीन घण्टा छलफल, आज पनि जुटेन सहमति

काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको आजको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटरमा बिहान साढे ११ बजे सुरु भएको बैठक दिउँसो साढे २ बजे सम्पन्न भएको हो । करिब ३ घण्टासम्म ओलीसँग छलफल गरेर अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

दुई अध्यक्षबीचको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । अध्यक्षहरु ओली र प्रचण्डबीच भोलि फेरी छलफल हुने बताईएको छ । अध्यक्षद्धयबीच छलफल सकारात्मक भए पनि कसरी सहमति गर्ने भन्ने टुंगो नलागेको श्रोतले बतायो ।

यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board