16 July, 2020 9:39 am


पाकिस्तानी दूतावासद्वारा शिक्षण अस्पताललाई सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण

काठमाडौं , १ साउन । पाकिस्तानले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई दुई वटा सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।

पाकिस्तानी राजदूत मजहर जाभेदले शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.रोहित कुमार पोख्रेललाई बुधवार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । त्रिवि शिक्षण अस्पतालको ३८ औं वार्षिकोत्सवका उपलक्ष्यमा पाकिस्तानी दूतावासले एम्बुलेन्स प्रदान गरेको हो । 

This image has an empty alt attribute; its file name is 109811067_1964046120395875_1560352023882022568_n-768x576.jpg

कार्यक्रममा पाकिस्तानी दूतावासमा कार्यरत कूटनीतिज्ञ र शिक्षण अस्पतालका विभिन्न संकायका प्रमुखहरुको समेत सहभागिता थियो ।  कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.पोख्रेलले अस्पतालाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेकोमा धन्यवाद दिएका छन् ।

पाकिस्तानी दूतावासले प्रदान गरेका एम्बुलेन्स बिरामीको सेवाका लागि मात्रै नभएर दुई देशबीचको राम्रो सम्बन्ध र माया भएको पनि उनको भनाई थियो । नेपाली फिजिसियन र सर्जनका लागि पाकिस्तानले दिएको अध्ययनको सुविधाको पनि उनले प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।  कार्यक्रममा पाकिस्तानी राजदूत मजहर जाभेदले नेपाल र पाकिस्तानबीच स्वास्थ्य क्षेत्रमा रहँदै आएको सहयोग आदानप्रदानको सराहना गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए ।  उनले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board