16 July, 2020 12:01 pm


बालुवाटारमा ओली-प्रचण्डबीचको वार्तामा माधव नेपालको ईन्ट्रि, होला त सहमति ?

काठमाडौं, १ साउन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता शुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको एक नेताले जानकारी दिए । आजको वार्तामा नेता नेपाललाई समेत वोलाएपछि छलफलले निकास दिन सक्ने आशा जागेको नेताहरुले बताएका छन् ।

पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन । १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ ।

प्रचण्डसंगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएका छन् । हिजो बालुवाटारमा ओलीसंग भेटेर खुमलटार निवास फर्किएका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board