16 July, 2020 1:25 pm


उद्योग वाणिज्य महासंघको चुनावः वरिष्ठ उपाध्यक्षको लागि ढकाल र प्रधानबीच प्रतिस्पर्धा

काठमाडौं, १ साउन । कोरोना महामारीका कारण शान्त रहेका उद्योगी ब्यवसायीहरु यति बेला भने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोलले तातेका छन । महासंघको प्रमुख पद वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यालनको आफनो टिम घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघि २०७६ चैत २८ र २९ गते हुने भनिएको चुनाव कोरोना महामारीको स्थगित भई साउनको २६ र २७ मा हुन लागेको हो । चुनावको मिति नजिकिंदै गर्दा उमेद्वारहरुको प्यानल घोषणा भइसकेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्ने भएकै कारण अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन हुन लागेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्ला र नगरतर्फ गरी तीनजना उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन । ढकाल हाल एशोसिएट्स तर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकै कारण वरिष्ठ उपाध्यक्षको निर्वाचन सबैभन्दा आकर्षक बन्ने गर्दछ । ढकालले उम्मेद्वारी घोषणासभामा कोरोनाबाट सिर्जना भएका चुनौतीहरु परास्त गर्दै आर्थिक रुपमा समुन्नत नेपाल बनाउन आफनो उमेद्वारी रहेकोे बताए ।

ढकालको टिममा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । यस्तै, प्रधानको टिममा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन ।

प्रतिस्पर्धामा कोको छन् ?
महासंघमा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाइ र सौरभ ज्योतिबीच प्रतिस्पर्धा हुँदैछ । वस्तुगत उपाध्यक्ष अन्तर्गत उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

महासंघको आगामी नेतृत्वको लागि दुई समुहबीच निकै प्रतिपर्धा हुने देखिएको छ । ४ हप्ता पछि हुने निर्वाचनलाई मध्यनगर गर्दै उमेद्वार बनेका प्रतिपर्धीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन ।

कसको समर्थन कसलाई ?
महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको उम्मेदवारीले महासंघ दुई गुटमा विभाजित गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाललाई महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल र सुरज वैद्यको समर्थन छ । किशोर प्रधानलाई आगामी अध्यक्ष शेखर गोल्छाले साथ दिएका छन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board