16 July, 2020 4:44 pm


नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, संक्रमण दर घट्यो

काठमाडौं, १ साउन । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए अनुसार विगत २४ घण्टामा २१३ जना निको भएर घर फर्किएका छन् । अहिले देशभरि ६,०५६ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमण दर घट्यो
नेपालमा कोरोना भाईरस कोभिड १९ को संक्रमण दर घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । गौतमका अनुसार नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको छ ।

मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको बताए । उनका अनुसार हाल नेपालमा संक्रमण दर कम हुँदै गएको हो । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने, त्यसयता सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board