17 July, 2020 12:56 pm


नेपाल टेलिकले २२६ स्थानीय तहमा इन्टरनेट फोरजी विस्तार गर्दै

काठमाडौं, २ साउन । नेपाल टेलिकमले स्थानीय निकायमा उच्चगतिको इन्टरनेट सेवा पुर्याइ आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने उदेश्यका साथ इन्टरनेट फोर जी सेवा विस्तार गर्ने भएको छ ।

टेलिकमले चालु आर्थिक बर्षमा २२६ स्थानीय निकायमा उच्चगतिको इन्टरनेट फोर जी सेवा विस्तार गर्ने भएको छ । फोर जी सेवा विस्तारका लागि १२ अर्ब ७८ करोड ६२ लाख बजेट बिनियोजन गरिएको हो ।

सञ्चार मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कार्ययोजना अनुसार दूरसञ्चार सेवालाई स्थानीय तहसम्म पुर्याउने लक्ष्यका साथ दोस्रो चरणको फोर जी सेवा विस्तार गर्न लागिएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चालु आवको नीति तथा कार्यक्रम र बजेट वक्तव्यका साथै वार्षिक कार्यक्रमहरु कार्यान्वयनको एकीकृत कार्ययोजनामा एक वर्षभित्र पूरा गर्ने गरी बजेट बिनियोजन गरेको हो । हाल देशका ७७ वटै जिल्लाका जिल्ला सदरमुकाम र प्रमुख सहरी क्षेत्रमा फोर जी सेवा विस्तार गरिसेको मन्त्रालयले जनाएको छ ।

टेलिकमले १७ करोड १० लाख रुपैयाँ बजेट खर्च गरेर ३ लाख एफटीटीएच फाइभर टु होम नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयका अनुसार चालु आवको कात्तिक महिनासम्म थप ६० स्थानीय निकायमा फोर जी सेवा विस्तार हुनेछ भने फागुनसम्म थप ८० स्थानीय निकाय र आगामी असारसम्ममा थप ८६ स्थानीय निकायमा फोरजी सेवा विस्तार गर्ने योजना बनाएको छ ।

यस्तै टेलिकमले पुरानो प्रणालीको सीडीएमलाई थप विस्तार गरी थ्रीजी र फोर जीमा स्तरोन्नती गर्ने समेत कार्ययोजनामा समावेश गरेको छ । त्यसका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको छ । सो सेवा विस्तार गरी ५० हजार ग्राहक थप गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board