17 July, 2020 12:46 pm


ओली–प्रचण्ड छलफलमा, स्थायी कमिटी बैठक आइतबार ३ बजेमात्र

काठमाडौँ २ साउन — शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक आगामी आइतबार दिउँसो ३ बजेमात्र हुने भएको छ। । स्थायी कमिटी बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।

११ बजेको बैठकका लागि अधिकाशं स्थायी कमिटी सदस्यहरु बालुवाटारतर्फ हिँडे पनि बैठक केही समय सरेको सूचना आएको स्थायी समिति ससदस्य देवेन्द्र पौडेले बताए । यसस अघि स्थायी समिति बैठक आजै ३ बजे बस्ने बताइएको थियो । केही दिनदेखि नेकपामा देखिएको आन्तरिक विवाद मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

तीन जनाबीचको छलफल पनि कुनै सहमति नभएपछि आजको स्थायी समिति पहिले दुई अध्यक्षबीचमा मात्र छलफल गर्नेस सहमति भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board