काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको जानकारी दिएको छ ।
सार्वजनिक भएको मौद्रिक नीतिले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी विशेष जोड दिइएको छ ।
नयाँ व्यवस्था के-के छ त ?
चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।
गभर्नर अधिकारीका अनुसार नीतिमा बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको छ ।
अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने
आज सार्वजनि गरिएको मौद्रिक नीति अनुसार कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै एउटा वित्तीय संस्थाको एटीएम अर्को संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैठका गभर्नर महाप्रसाद अधिकारीले अन्तर बैंक एटीएम कारोबार गर्दा पैसा नलाग्ने बताएका हुन् ।
कृषि कर्जाको सीमा बढ्यो
कृषिको विकासमा वाणिज्य बैङ्कहरुले कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ ।
२०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्नेछ चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ । यसअघि बैङ्कहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।
बजेटले कृषि औद्योगिकरण र सो बाट रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि खेतीलाई प्राथमिकता दिइने बताएको थियो । बजेटको सोही व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषिमा गरिने लगानीको सीमा बढाएको हो
किसानलाई कृषि क्रेडिट कार्ड
कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो ।
यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले यस कुराको जानकारी दिए ।
कर्जाको सीमा ७० प्रतिशत
अब सेयर लगानीकर्ताले बैंकबाट सेयर धितोमा कर्जा लिदा धितोको ७० प्रतिशतसम्म लिन सक्ने छन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।
किस्ता तिर्ने समय अवधि थप
आज सार्वजनिक भएको मौद्रिक नीति अनुसार नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो ।
मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार अब कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७/७८ असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप भएको छ ।
ऋणीलाई बैङ्कहरुले थप २० प्रतिशत ऋण दिनेसक्ने
उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
लघुवित्तको ब्याजदरः कर्जामा १५ प्रतिशत बढी लिने नपाउने
लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैङ्कले अधिकतम सीमा तोकिदिएको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको जानकारी दिए ।
मौद्रिक नीतिः किसानलाई कृषि क्रेडिट कार्ड, कृषि कर्जाको सीमा बढ्यो
कोरोनाको त्रास रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने
यस आर्थिक वर्षको मौद्रिक नीतिको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नूहोस्
COMMENTS