18 July, 2020 12:37 pm


मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग गरे सम्झौता

वाग्मती, ३ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताए ।

शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरुमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गरे । प्रदेशले नयाँ अभ्यासको थालनी गरेको मुख्यमन्त्री पौडेलले दावी गरे । सङ्घीय सरकारले शुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उनको भनाइ थियो ।

प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board