काठमाडौं ३ जेठ । भारतको नेपालसहितका अन्य मुलुकको सम्बन्धका बारेमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरबीच सामाजिक सञ्जालमा भनाभन भएको छ ।
भारतीय राष्ट्रिय कांग्रेसका नेता गान्धीले ट्विटरमार्फत सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानबाहेक अरु छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएकोमा अहिले बिग्रिएको बताएका छन् ।
गान्धीले नेपालको प्रसंगमा भनेका छन्, – अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रुद्ध छन् ।
गान्धीको ट्विटको जवाफमा भारतीय विदेशमन्त्री एय जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएर चिसिएको सम्वन्धमा पर्दा हालेका छन् ।
विदेशमन्त्री जयशंकरले – १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभएको छ । बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस् ।
नेता गान्धीले भने विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको गम्भीर आरोप लगाएका छन् ।
सन् २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल– भारत सम्बन्धमा तिक्तता उत्पन्न भएको छ ।
गान्धीको ट्विटको एकदिनपछि विदेशमन्त्री जयशंकरले ट्विट गर्दै राहुल गान्धीलाई जबाफ दिएका हुन् । विदेशमन्त्री जयशंकरले भनेका छन् – प्रमुख देशहरुसँग भारतको सम्बन्धमा निकै सुधार भएको छ । अन्तर्राष्ट्रिय स्तरमा भारतको कद बढेको छ । अमेरिका, रुस, युरोप र जापानसँग विभिन्न चरणमा बैठक भएको छ । चीनसँग राजनीतिक स्तरमा बराबरीको हैसियतमा छौं ।ू जब कि केही समय अघि गलवान भ्यालिमा भारतका कर्णेलसहितका १९ जना सेना चिनिया सेनासंगका झडपमा मारिएका थिए ।
विदेशमन्त्री जयशंकरले भनेका छन् मोदी सरकार सेनालाई बलियो बनाउने प्रयासमा छ । सन् २००८– २०१४ र २०१४– २०२० को तुलना गर्दा सेनाका लागि बजेट २८० प्रतिशत बढाइएको छ । ३२ प्रतिशत बढी सडक र ९९ प्रतिशत बढी पुलहरु बनेका छन् ।
तर विदेश मन्त्री जयशंकरले नेपाल– भारत चिसिएको सम्वन्धका बारेमा थप केही कुरा बतएका छै्रनन् ।
COMMENTS