18 July, 2020 7:36 pm


वाराणसी घटना : कपाल काटिएका युवा भारतीय , एक हजार रुपयाँका लागि भएका थिए नेपाली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित “नेपाली युवक” वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।

काठमाडौं, ३ असार ।  वाराणसी उत्तर प्रदेशको वाराणसीमा नेपाली नागरिकलाई जबरजस्ती कपाल काटिएका  भनिएका ब्यक्ति नेपाली नभएर भारतीय भएको खुलाशा भएको छ । शनिबार वाराणसीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा देखिएका नेपाली भनि युवा भारतीय धर्मेन्द्र सिह नामका एक युवक हुन । उनलाई भारतीय प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएपछि उक्त कुराको खुलाशा भएको हो ।

कपाल खौरिएका युवा जस्को नाम धर्मेन्द्र सिंह रहेको र साडी पसलमा गर्ने ब्यक्ति रहेको प्रहरीले जनाएको छ । एसएसपीका अनुसार तालाबन्दीका कारण आर्थिक अवरोधका कारण संस्थाका सदस्यहरूले १ एक हजार रुपैयाँको प्रलोभनमा पारेर भिडियो बनाएको उनले बताए । उक्त गोप्य कुरा पछि उक्त पुलिसले विश्व हिन्दू सेनाका संस्थापक र मुख्य अभियुक्त अरुण पाठकको सक्रियताका साथ खोजी गरिरहेको छ । यो कुरा थाहा पाएपछि विश्व हिन्दू सेनाका संस्थापक अरुण पाठक लगायत अज्ञात कार्यकर्तामाथि मुद्दा दर्ता गरिएको छ ।

यस विषयमा गम्भीर अडान लिदै यूपीका डीजीपी एचसी अवस्थीले वाराणसीका एक वरिष्ठ अधिकारीलाई अनुसन्धान गर्न आदेश दिएका छन् । घटना दर्ता गरेको केही समयपछि नै पुलिसले पक्राउ उक्त घटना संलग्न ब्यक्तिहरुलाई प्रक्राउ गरेको थियो । अहिलेसम्म ४ जना पक्राउ परेका छन् । तीमध्ये संतोष पाण्डे, राजु यादव, अमित दुबे र आशीष मिश्र रहेको भारतीय प्रहरीले जनाएको छ । यसैबीच, मुख्य आरोपी अरुण पाठक अझै फरार रहेका छन् । उनको खोजिकार्य तिव्र पारिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board